detail-img

देशमा बढ्दै गएका भ्रष्टाचार र वेथितिलाई न्यूनिकरण गर्न सबै एक भएर लाग्नु पर्छ -मन्त्री चौधरी

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकमा बढ्दै गएका भ्रष्टाचार र वेथितिलाई न्यूनिकरण गर्न सबै एक भएर लाग्नु पर्ने बताउनुभएको छ ।


विभिन्न राजनीतिक दल परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका आठ सयभन्दा बढीलाई आइतबार काठमाडौंमा स्वागत गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । 

देशमा भूमि सम्बन्धि समस्या मात्रै नभई जनताको समग्र व्यवस्थापनकै खाँचो रहेको उहाँको भनाई छ । नाउपाकी अध्यक्ष समेत रहेकी उहाँले जनसहजताकालागि आफु र आफ्नो पार्टी सधै दृढ रहेकाले यसतर्फ सबै नेताकार्यकर्ता सचेत रहन निर्देशन समेत दिनुभयो। उहाँ मुलुकमा अब जनताले सेवाप्रवाहमा चुस्तता र सरलता खोजेकाले आफुले सकेसम्म जनचाहाना अनुसार काम गर्न कोसिश गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । अब जनताले पुराना राजनीतिक दलहरुको विकल्प खोजिरहेकाले नाउपा जनचाहना अनुसार काम गर्ने दल बन्नु पर्ने भन्दै उहाँले त्यसकालाई पार्टीमा संलग्न सबैले अनुशासित, सरल र प्रष्ट आचरण अनुशरण गर्न निर्देशन समेत दिनुभयो ।


सम्पर्क

फोन नं.

०१६९२२८०६

इमेल

nagrikunmuktiparty@gmail.com

केन्द्रीय कार्यालय

डिल्लीबजार, काठमाडौं,नेपाल