रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकमा भूमि सम्बन्धि देखिएका समस्या समाधानमा प्रतिबद्ध रहेको बताएकी छन् ।
बुद्ध जयन्तीको अवसरमा शुक्रबार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी भूमि व्यवस्था मन्त्री चौधरीले यस्तो बताएकी हुन् । मुलुकमा सुकुम्वासी व्यवस्थापनको समस्या पेचिलो बन्दै गएको भन्दै उनले आफुहरुले कुनैपनि परिवारलाई भूमिहीन हुन नदिने गरि काम गरिरहेको समेत बताइन् । आफुले जनताको चाहना पुरा गर्न क्षेत्राधिकार भित्र रहेका विषयमा कानूनी दायरा अनुसार काम गर्ने उनको भनाई छ । उनले सबै उत्पीडित वर्गहरुको उत्थान नै आफु र नाउपाको लक्ष्य रहेको समेत बताइन् ।
०१६९२२८०६
nagrikunmuktiparty@gmail.com
डिल्लीबजार, काठमाडौं,नेपाल