नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । यहि तथ्यलाई आत्मसाथ गर्दै मुलुकमा बसोबास गर्ने आदिवासी जनजाती, खस आर्य, मधेसी, दलित, थारु, मुस्लिम, मगर, गुरुङ्ग, राई, लिम्बु तथा अति न्यून संख्यामा रहेका सिमान्तकृत समुदाय मेचे, कोचे, संथाल, माभफ्,ी राजी, बादी, चेपाङ, मुसहर, डोम, चमार, कुसुण्डा, राउटे आदि लगायत सबै जातजातिको भाषा, धर्म, संस्कृति, रहनसहन, जीवनयापनको मुख्य पेशालाई उजागर गर्दै सम्पूर्ण समुदायलाई समान व्यवहार, राज्यको हरेक निकायमा समानुपातिक समावेशी, पौराणिक थातथलोको ऐतिहासिक संरक्षण, पुर्खा देखि अपनाइरहेको पेशा एवं सांस्कृतिक संरक्षण राज्यको हरेक निकायमा सम्मानजनक व्यवहार स्थापित गर्ने उद्देश्यका साथ सिमान्तकृत समुदाय, जनजाती, दलित, कमैया, हरुवा, चरुवा, मुसहर, डोम, माभफ्,ी चेपाङ लगायत अत्यन्तै उत्पिडित वर्गको गाँसबास कपासको जिम्मेवारी राज्यले लिनुपर्ने आवाज उठाउँदै वर्तमान परिपेक्षमा राज्यले आफ्नै नागरिकलाई सम्मान गर्न सकेको अवस्थामा सिमान्तकृत र अति शोषणमा परेका आफ्नै नागरिक माथी राज्यले राजनैतिक, आर्थिक, सामाजिक रुपमा सांस्कृतिक भेदभाव, उपेक्षा नगरोस भन्ने धेयका साथ यसरी उत्पिडनमा पारिएका नागरिकको दायित्त्व बहन गर्दै वास्तविकतालाई उजागर गर्ने कार्य हाम्रो नागरिक उन्मुत्तफ् ीपार्टि ९ना।उ।पा० ले आफ्नो नैतिक दायित्वको रुपमा लिएको छ ।
नागरिक दायित्व बहन गर्ने संकल्प हस्ताक्षरमा हाम्रो देशका शासकहरु अग्रमोर्चामा छन्। अन्तर्राष्ट्रिय सन्धी सम्भफैतामा आँखा चिम्लेर हस्ताक्षर गर्ने तर त्यसको पालना एक प्रतिशत पनि नगर्ने हाम्रो अहिले सम्मको शासकिय प्रवृति हो । नेपालले आदिवासी, जनजाती, दलित, श्रमिक, मजदुर, छुवाछुत अन्त्य, दासदासी प्रथा उन्मुलन, जातिय भेदभावको पूर्ण अन्त्य सहित तिनी माथि गरिने न्यायको पूर्ण पालनामा कर्तव्यनिष्ठ रहनेछौं भनेर गरिएका विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्भफैताको पूर्ण पालना गर्न गराउनमा राज्यलाई भफ्कभफ्काउने हाम्रो कार्य रहनेछ । विगतमा हाम्रा सरकार प्रमुखले अन्तर्राष्ट्रिय श्रम संगठन
महासन्धी १६९ ९क्ष्इी ज्ञटढ० सन्२००७ मा आदिवासी अधिकार सम्बन्धी संयुत्तफ् राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर, सन्१९४८ मा संयुत्तफ् राष्ट्रसंघद्वारा जारी गरिएको विश्वव्यापी मानवअधिकार घोषणापत्र, सन्१९६६ मा पारित राजनैतिक र नागरिक अधिकार सन्धी महासन्धीमा हस्ताक्षर, सन्१९६९ मा पारित सबै किसिमका हातिय भेदभाव उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरेर पनि आफ्नै नागरिक माथी गर्दै आईरहेको व्यवहारले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको धज्जी उडाईरहेको छ ।
सार्वभौमसत्ता सम्पन्न श्रमजीवी तथा उत्पिडित समुदायको स्वतन्त्र, समतामूलक, न्यायपूर्ण, विभेदरहित, समृद्धी, धर्मनिरपेक्ष, पूर्ण समानुपातिक समावेशी, संघीय लोकतान्त्रिक गणराज्य, विभिन्न समयमा केन्दृकृत नभएपनि दुर दराजका जनताले आफ्ना जायज अधिकारका लागि गरिएको विद्रोह र त्रफन्तीलाई आत्मसाथ गर्दै अघि बढ्ने हाम्रो पार्टीको उद्देश्य हुनेछ । एकात्मक शासन प्रणालीको विरोध गर्दै संस्कृतिको आधारमा शासन लाद्न खोज्ने संकीर्ण एवं अहंकारवादी मनोवृति अन्त्यको साथै साभफ राज्य बनाउने मूल धेयका साथ जातीय क्षेत्रिय, वर्गीय तथा सामाजिक मुत्तिफ् आन्दोलनलाई अकाकर गर्दै संघियता सहितको राज्य स्थापना गर्ने पी नागरिक उन्मुत्तफ् ीपार्टी ९ ना।उ।पा० को उद्देश्य हो ।
पौराणीक सांस्कृतिक पहिचान सहितको संघियता स्थापित गर्ने उद्देश्यले मितिः२०७८ पौष ९ अर्थात २०२१ डिसेम्बर २४ तारिखका दिन नागरिक उन्मुत्तफ् ीपार्टीको स्थापना गरि यो विधान जारि गरिएको छ। साथै आजकै मिति देखि नागरिक उन्मुत्तफ् ीपार्टीका सम्पूर्ण संगठनात्मक संरचनाहरु यसै विधानद्वारा परिचालित एवं निर्देशित हुनेछन ।
०१६९२२८०६
nagrikunmuktiparty@gmail.com
डिल्लीबजार, काठमाडौं,नेपाल