१९ चैत २०७९, आइतवार

हाम्रो बारेमा

  • गृह
  • हाम्रो बारेमा

स्वतन्त्रताको लडाइमा सामेल हुनुहोस्

हामीलाई चाहिने परिवर्तन ल्याउन मद्दत गर्नुहोस्

सदस्य बन्नुहोस
Awesome Image

अभियानहरूमा सामेल हुनुहोस्

हामी सँगै इतिहास रच्नेछौं

नागरीक उन्मुक्ती पार्टीको मुख्य उद्देश्य स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरातलको स्थापना गर्नु हो । दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनु पर्ने अवस्थाको अन्त्य गरी नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गर्दछ ।

राजनीतिक पृष्ठभूमि नभएकाहरूले राजनीतिक नेतृत्व गरेर हुन्छ?

राजनीतिक पृष्ठभूमि भएकाहरूले ७० वर्षसम्म नेतृत्व गर्दा नेपालको प्रतिव्यक्ति आय ८०० डलरभन्दा कम रहेको तथ्य सर्वविदितै छ जबकि सो अवधिमा संसारका धेरै देशहरूको प्रतिव्यक्ति आय  हजार डलर पुगिसकेको छ। त्यति हुँदा पनि नेपालमा राजनीतिक नेतृत्व गर्न राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरू हुनुपर्छ भन्ने जिकिर गर्नु उपयुक्त नहुन सक्छ। असल राजनीतिका लागि इमानदारी, प्रतिबद्धता, दूरदृष्टि तथा व्यवस्थापकीय र संगठन निर्माणको क्षमता महत्वपूर्ण हुन्छ जसका लागि साझा पार्टीले बलियो मञ्च निर्माण गर्नेछ।

पार्टी भनेको विचार हो। विचार नभई नि पार्टी बन्छ?

पार्टी भनेको विचार हो। नागरीक उन्मुक्ति पार्टीको विचार यो लिन्कमा उपलब्ध छ। तर ‘विचार मात्रै पार्टी हो’ भन्ने जडशूत्रवादी सोच बोकी विचारको दास भएर पार्टी चलाउनेहरूले नेपालमा मात्र होइन, संसारको कुनै पनि मुलुकमा जनताको हित गर्न सकेका छैनन्। नेपालकै हकमा कुरा गर्दा गत ७० वर्षदेखि राजनीतिक दलहरू केवल वैचारिक संघर्ष गरिरहेका छन्। आफूले चाहे अनुरूपको व्यवस्था र संविधान भए मात्र विकास सम्भव हुन्छ भनेर ती लडेका लडेकै छन्। तसर्थ यो देशमा प्रजातन्त्रवादी, साम्यवादी, माओवादी, राजतन्त्रवादी, गणतन्त्रवादी, संघीयतावादी सबै भए तर लोकतन्त्रको आत्मा बोक्ने ‘संविधान’को वास्तविक पालना गर्ने धेरै कममात्र देखिए।

संगठन निर्माण कसरी गर्ने ? संगठन नभइकन चुनाव जितिन्छ?

हामी दोस्रो, तेस्रो, चौथो, पाँचौं वा अर्को एक थप पार्टी बन्न अस्तित्वमा आएका होइनौं। हामी नम्बर एक बनेर शासन गरी देश रूपान्तरण गर्न अस्तित्वमा आएका हौं। त्यो राष्ट्रव्यापी संगठन निर्माणबिना सम्भव हुँदैन र हामीले त्यसै अनुरुपको रणनीति बनाएका छौं।